रोगसँग लड्ने क्षमता बढाउन के खाने ?

तपाईंलाई अस्पताल गइरहनुपर्छ, रुघाखोकीजस्ता स–साना रोगले सताइरहने गर्छ भने तपाईंको रोगसँग लड्ने क्षमता कमजोर छ भन्ने बुझ्नुपर्छ । त्यसैले रोगसँग लड्ने क्षमता बढाउन यस्ता खाना खानुपर्छ : 
चिकेन सुप
 रुघाखोकी लागिरहने गर्छ भने चिकेन सुप दिनहुँ खाने बानी बसाल्नुस् । किनकि, यसले रुघाखोकी लगाउने भाइरस र ब्याक्टेरिया हटाउनुका साथै तपाईंको शरीरमा पानीको अभाव हुन दिँदैन ।
 दही 
दहीमा शरीरका लागि लाभदायक ब्याक्टेरिया पाइन्छन्, जुन शरीरको रोगप्रतिरोधी क्षमता बढाउन सहयोगी हुन्छ । 
ग्रिन टी
 चिया, कफीको तलतल छ भने आजैदेखि ग्रिन–टीको बानी बसाल्नुस् । ग्रिन टीमा भाइरसहरूलाई नष्ट गर्ने गुण हुन्छ । यसले तपाईंलाई आरोग्य प्रदान गर्छ । 
जौ 
जौका परिकार खाने गरेमा शरीरमा बेटा–ग्लुक्यान नामक विशेष खालको फाइबरको मात्रा बढ्न जान्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । 
च्याउ
 जौमा जस्तै च्याउमा पनि बेटा–ग्लुक्यान पाइन्छ । च्याउ खाइरहने मानिसलाई क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ । 
कुखुराको छाती
 प्रोटिनका अनेक फाइदामध्ये शरीरको रोगप्रतिरोधी क्षमता बढाउनु पनि एक हो । प्रशस्त मात्रामा प्रोटिन पाइने खानामा कुखुराको छाती पनि पर्छ । त्यही भएर रोगप्रतिरोधी क्षमता बढाउन चाहनेले कुखुरा खाँदा छाती छान्ने गर्नुपर्छ । 
माछा
 माछामा भिटामिन, खनिज र प्रोटिनको मात्रा उच्च हुन्छ र बोसो ज्यादै कम । त्यही भएर माछा खाएर रोगसँग लड्ने शक्ति सञ्चय गर्न सकिन्छ । 
ब्रोकाउली
 ब्रोकाउलीमा भिटामिन ए, सी र ई पाइन्छन् । साथै, यसमा विभिन्न खाले एन्टिअक्सिडेन्ट पनि पाइन्छन् । रोगसँग लड्ने क्षमता बढाउन ब्रोकाउली खाइरहने गर्नुपर्छ ।
 लसुन
 लसुनले तरकारीको स्वाद बढाउने काम त गर्छ नै, विभिन्न सरुवा र दीर्घकालीन रोगबाट जोगाउन पनि यसले मद्दत गर्छ । साथै, यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउन पनि सहयोग गर्छ । यसमा पाइने एलिसिन नामक तत्वले शरीरको रोगप्रतिरोधी क्षमता अभिवृद्धि गर्छ ।
 अदुवा 
रुघाखोकी लागिरहन्छ भने अदुवा खाने गर्नुस् । यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले चिसोजन्य रोगबाट जोगाउन मद्दत गर्छ । भात खाँदा अदुवाको टुक्रा लिने र चिया, तरकारी, चटनी आदिमा अदुवा हाल्ने बानी बसाउनु फाइदाजनक हुन्छ । 
बदाम
बदाममा भिटामिन सी र ई प्रशस्त्र मात्रामा पाइन्छन्, जसले चिसोका कारण लाग्ने अथवा सर्ने रोगबाट जोगाउन मद्दत गर्छन् । 
बेसार 
बेसारले रुघाखोकी, ज्वरोजस्ता स–साना रोग लागिरहने मानिसलाई फाइदा पु¥याउँछ । दूधमा बेसार हालेर केही बेर तताई खाने गर्नुपर्छ । 

Share this

Related Posts

Previous
Next Post »