​युरो २०१६ : उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई हरायो





युराे कप २०१६ मा अायाेजक फ्रन्सले  खेलकाे सुरूवातमा अाफ्नाे  खातामा  विजयी सुरूवबात पार्न सफल भएकाे छ । राेमान्चक खेलकाे अन्त्यतिर दिमित्री पायटले गरेकाे निर्णयक गाेलले फ्रन्सकाे विजयी सुरूवात गरेकाे हाे ।

 बराबरीतर्फ लम्किरहेको खेलमा फ्रान्सलाई जित दिलाउन पायटले निर्णायक गोल गरे। समुह ए अन्तर्गत भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
 पेरिस स्थित स्टेड डे फ्रान्स रंगशालामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा तीन गोल सम्भव भयो।
 खेलको ५७ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै घरेलु टोली फ्रान्सलाई पहिले अग्रता दिलाए। फ्रान्सको अग्रता लामो समय टिकेन।
६५ औं मिनेटमा फ्रान्सेली डिफेन्डर प्याट्रिस एभ्राले बोगनान स्टान्चुलाई डि एरिया भित्र फल गरेपछि रोमानियाले पेनाल्टी प्राप्त गर्यो। जसलाई स्टान्चुले नै गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए। तर खेल सकिन एक मिनेट अगाडी दिमित्री पायटले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २–१ को जित दिलाए। जित सँगै फ्रान्सले ३ अंक जोडेको छ । सन् १९८४ र २००० को विजेता फ्रान्सले यसअघि १९९८ को युरोकपमा पनि रोमानियालाई पराजित गरेको थियो भने २००८ मा बराबरी खेलेको थियो।

Share this

Related Posts

Previous
Next Post »