डिएगो कोष्टा, जुआन माटा र फर्नाण्डो टोरेस यूरोे २०१६ का लागि घोषित स्पेनको राष्ट्रिय टोलीबाट बाहिरिएका छन् । प्रशिक्षक भिनसेण्ट डेल बस्कोले यूरोे २०१६ का लागि छनोट गरेको टोलीमा कोष्टा, माटा र टोरेसलाई समावेश गरेका छैनन् ।
कोष्टाले अहिलेसम्म स्पेनका लागि १० खेल खेल्दै जम्मा १ गोल गरेका थिए । इङ्ग्लिश क्लब चेल्सीबाट खेल्दै आएका २७ वर्षे कोष्टाले चोटका कारण प्रिमियर लिगका दुई खेल गुमाएका थिए । प्रशिक्षक भिनसेण्टले टिम घोषणा गर्दै चोटग्रस्त कोष्टामाथि आफूले जोखीम उठाउन नचाहेको स्पष्ट पारे । यूरोेकप छनोटमा स्पेनका लागि सबैभन्दा धेरै ५ गोल गरेका पेसो अलकेसर पनि यूरोेकप खेल्ने टिममा परेनन् । यस्तै बायर्न म्युनिखबाट खेल्दै आएका डिफेण्डर जाभी मार्टिनेज पनि टोलीमा छैनन् ।