युरो-कप २०१६ आजबाट, पेरिसमा भव्य उद्घाटन हुँदै

काठमाडौं । विश्वकप फुटबलपछि सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता युरोपियन च्याम्पियनसिप (युरो-कप) आजबाट फ्रान्समा सुरु हुदैछ । याे खेल अाज बाट १ महिना सम्मकाे लागि जारि रहने छ ।१५ औ सस्करणको यस युरोकप आजबाट सुरु भई आगामी जुलाई १० मा समापन हुनेछ ।
 पेरिसको सेन्ट डेनिसस्थित राष्ट्रिय रंगशाला स्टेड ‘डी’ फ्रान्समा एक भव्य कार्यक्रम गरि १५ औ सस्करणको युरो सुरु हुने छ । उद्घाटनको समय विश्व फुटबलका हस्तीहरु, विभिन्न राष्ट्रका विख्यात व्यक्तित्वहरुको उपस्थिति हुनेछ । कार्यक्रम  उद्घाटन अघि बिभिन्न सांगीतिक कार्यक्रमहरु हुने छन्  । यस युरो-कपको उद्घघाटन र समापनमा विश्व संगीत क्षेत्रको चर्चित फान्सेली डिजे डेभिड गुएट्टाको प्रस्तुति हुनेछ । युरो उद्घाटनको समय फ्रान्सले निकै कडा सुरक्षाव्यवस्था मिलाएको छ । फ्रान्समा अहिले पनि संकटकाल घोषणा कायम नै रहेको छ । गत नोभेम्बर १४ मा १ सय ३७ जनाको मृत्यु हुने गरि पेरिसमा भएको आतंककारी हमलापछि फ्रान्समा संकटकाल घोषणा गरिएको हो । फ्रान्सले युरोकप चलिरहदा मुख्य पाच क्षेत्रमा कडा निगरानी गर्दै सुरक्षाकर्मि परिचालन गर्ने बताईसकेको छ । फ्रान्सका सुरक्षाकर्मीको अनुसार युरोकप चलिरहदा सडक, टिम बस्ने स्थान तथा होटल, रंगशाला,समर्थक रहने स्थानहरु र यातायातको नेटवर्कमा कडा निगरानी गर्ने जनाएको छ । त्यसका लागी फ्रान्सले युरोकपका लागी मात्र एक लाख सुरक्षाकर्मि परिचालन गर्ने छन् । यसपटकको युरो-कप फ्रान्सको बिभिन्न १० सहरमा हुने छ । उद्घाटन र फाइनल खेल रहेको फ्रान्सको राजपरिवार रहेको सेन्ट डेनिसस्थित राष्ट्रिय रंगशाला स्टेड डी फ्रान्समा हुने छ । त्यसबाहेक अन्य खेलहरु राजधानी पेरिस, मार्सिले,लीयोन, नाइस, लिल्यो, ल्यान्स, सेन्ट इट्टेने, बौर्डिओक्स र टोउलुस लगायतका शहरमा हुने छन् । यसपटकको युरो कप विभिन्न १० रंगशालामा हुने छ । त्यसमध्ये फ्रान्सले ४ रंगशालालाई निर्माण गरेको छ भने अन्य रंगशालाको पुननिर्माण गरेको छ । भव्य उद्घाटनपछि नेपालीसमय अनुसार साढे १२ बजेपछि आयोजक फ्रान्स र रोमानियाबीचको उद्घाटन खेल हुने छ । समूह चरणको अन्य खेलहरु भने शनिबारबाट सुरु हुने छ । उद्घघाटन खेल स्टेड डी फ्रान्स रंगशालामा हुने छ । सेन्ट डेनिसमा रहेको यो रंगशाला फ्रान्सको राष्ट्रिय रंगशाला हो । सन् १९९५ मा निर्माण सुरु भएको यस रंगशालामा सन् १९९८ बाट औपचारिक रुपमा उद्घाटन भएको थियो । यस रंगशालामा ८१ हजार ३ सय ३३ दर्शक अटाउने क्षमता रहेको छ । यो युरोपको सर्वा्धिक ठूलो स्टेडियममा पाचौ नम्बरमा पर्ने गरेको छ । यस युरोकप पहिलेको तुलनामा केहि फरक हुने छ । सन् १९९६ बाट सुरु भएको युरोकपका अघिल्ला सस्करणमा १६ टिम रहदै आएको थियो । तर, यूरो-कपको यस सस्करणमा पहिलोपटक २४ टोलीले प्रतिस्प्रधा गर्न लागेका छन् । जसलाई युरोपियन फुटबल एसोसिएसन (यूएफा) ले ६ समूहमा बिभाजन गरेको छ । यसपटक युरोकपमा ५ राष्ट्रले डेब्यु गर्दैछन् भने खेलमा ४ साबिकको विजेता देश छानिएका छन् । त्यसमध्ये ३ पूर्व विजेता देशहरु डेनमार्क, नेदरल्याण्ड र ग्रीस यस सस्करंमा छनोट भएका छैनन् । युरोकपमा छानिएका देशहरु यूएफाले १५ औ सस्करणमा छनोट भएका २४ राष्ट्रलाई ६ समूहमा बिभाजन गरेको छ । जसमा प्रत्येक ६ समूहमा चार्चार टोलि समाबेस गरिएको छ । प्रत्येक टोलीबाट दुईरदुई वटा टोली अर्को चरणमा (नकआउट) चरणमा प्रवेश गर्नेछन् । यसैगरी तेस्रो हुने ६ टोलीमध्येका उत्कृष्ट चार टोली पनि अर्को चरणमा उक्लिने छन् । यसपटक युरोकपमा आयोजक फ्रान्स, साबिकको बिजेता स्पेन, जर्मनी, रोमानिया, अल्बानिया, स्विट्जरल्याण्ड, इङ्ल्यान्ड, रुस, वेल्स, स्लोभाकिया, चेक गणतन्त्र, टर्की, क्रोएसिया, पोर्चुगल, आईसल्याण्ड, अष्ट्रिया, हंगेरी, युक्रेन, पोल्याण्ड, नर्दन आयरल्याण्ड, बेल्जियम, ईटाली, गणतन्त्र आयरल्याण्ड र स्विडेन छनोट भएका छन् ।
 समूह ‘ए’
 फ्रान्स, रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड
 समूह ‘बी’
 इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया
 समूह ‘सी’
 जर्मनी, युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड समूह ‘डी’ स्पेन, चेक गणतन्त्र, टर्की र क्रोएसिया
 समूह ‘ई’
 इटाली, बेल्जियम, गणतन्त्र आयरल्याण्ड र स्विडेन
 समूह ‘एफ
’ पोर्चुगल, आईसल्याण्ड, अष्ट्रिया र हंगेरी

 युरोकपको खेल तालिका र नेपाली समय
 समूह ‘ए’
 जेठ २८ गते फ्रान्सविरुद्ध रोमानिया १२ः४५ बजे राति (उद्घाटन)
 जेठ २९ गते अल्वानियाविरुद्ध स्विट्जरल्याण्ड ५ः४५ बजे बेलुका
 असार १ गते रोमानियाविरुद्ध स्विट्जरल्याण्ड ९ः४५ बजे राति
 असार १ गते फ्रान्सविरुद्ध अल्वानिया १२ः४५ बजे राति
 असार ५ गते रोमानियाविरुद्ध अल्वानिया १२ः४५ बजे राति
 असार ५ गते स्विट्जरल्याण्डविरुद्ध फ्रान्स १२ः४५ बजे राति

 समूह ‘बी
’ जेठ २९ गते वेल्सविरुद्ध स्लोभाकिया ९ः४५ बजे राति
 जेठ २९ गए इंगल्याण्डविरुद्ध रुस १२ः४५ बजे राति 
असार १ गते रुसविरुद्ध स्लोभाकिया ६ः४५ बजे बेलुका 
असार २ गते इंगल्याण्डविरुद्ध वेल्स ६ः४५ बजे बेलुका
 असार ६ गते रुसविरुद्ध वेल्स १२ः४५ बजे राति 
असार ६ गते स्लोभाकियाविरुद्ध इंगल्याण्ड १२ः४५ बजे राति

 समूह ‘सी’
 जेठ ३० गते पोल्याण्डविरुद्ध नर्दन आयरल्याण्ड ९ः४५ बजे राति
 जेठ ३० गते जर्मनीविरुद्ध युक्रेन १२ः४५ बजे राति 
असार २ गते युक्रेनविरुद्ध नर्दन आयरल्याण्ड ९ः४५ बजे राति
 असार २ गते जर्मनीविरुद्ध पोल्याण्ड १२ः४५ बजे राति
 असार ७ गते युक्रेनविरुद्ध पोल्याण्ड ९ः४५ बजे राति
 असार ७ गते नर्दन आयरल्याण्डविरुद्ध जर्मनी ९ः४५ बजे राति

 समूह ‘डी’
 जेठ ३० गते टर्की्विरुद्ध क्रोएसिया ६ः४५ बजे बेलुका
 जेठ ३१ गते स्पेनविरुद्ध चेक गणतन्त्र ६ः४५ बजे बेलुका
 असार ३ गते चेक गणतन्त्रविरुद्ध क्रोएसिया ९ः४५ बजे राति 
असार ३ गते स्पेनविरुद्ध टर्की १२ः४५ बजे राति
 असार ७ गते चेक गणतन्त्रविरुद्ध टर्की १२ः४५ बजे राति
 असार ७ गते क्रोएसियाविरुद्ध स्पेन १२ः४५ बजे राति

 समूह ‘ई’
 जेठ ३१ गते आयरल्याण्डविरुद्ध स्विडेन ९ः४५ बजे राति
 जेठ ३१ गते बेल्जियमविरुद्ध इटली १२ः४५ बजे राति
 असार ३ गते इटलीविरुद्ध स्विडेन ६ः४५ बजे बेलुका
 असार ४ गते बेल्जियमविरुद्ध आयरल्याण्ड ६ः४५ बजे बेलुका
 असार ८ गते इटलीविरुद्ध आयरल्याण्ड १२ः४५ बजे राति
 असार ८ गते स्विडेनविरुद्ध बेल्जियम १२ः४५ बजे राति

 समूह ‘एफ’
 जेठ ३२ गते अष्ट्रियाविरुद्ध हंगेरी ९ः४५ बजे राति 
जेठ ३२ गते पोर्चुगलविरुद्ध आइसल्याण्ड १२ः४५ बजे राति
 असार ४ गते आइसल्याण्डविरुद्ध हंगेरी ९ः४५ बजे राति
 असार ४ गते पोर्चुगलविरुद्ध अष्ट्रिया १२ः४५ बजे राति
 असार ८ गते आइसल्याण्डविरुद्ध अष्ट्रिया ९ः४५ बजे राति
 असार गते ८ हंगेरीविरुद्ध पोर्चुगल ९ः४५ बजे राति एजेन्सीको सहयोगमा

Share this

Related Posts

Previous
Next Post »