गर्मी महिनामा अत्याधिक पसिना अाउने समास्या प्राय सबैलार्इ हुन्छ । जसकाे कारण काखी र खुट्टा गनाउने समस्याले सताइरहेकाे हुन्छ । यस्ताे गनाउने कारणले धेेरै ठाँउमा अाफूले लज्जित पनि हुनुपरेकाे हुनसक्छ । धेरैले दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि पसिनाकाे दुर्गन्धले सताइरहेकाे हुन्छ । गर्मीमा सामान्य रूपमा अाउने पसिनाले शरीरमा छाड्ने दुर्गन्ध हटाउन कतिपयलार्इ पफ्र्युमले पनि सहयाेग गर्न सकिरहेकाे हुँदैन । तर केही यस्ता घरेलु उपायहरू अपानउन थाल्नुभयाे भने तपार्इलार्इ याे समस्याबाट हल पाउन खासै मुस्किल पर्नेछैन ।
कागती ः
कागतीकाे प्रयाेग पसिनाकाे दुर्गन्ध मेटाउने राम्राे उपाय हाे । यसले छालामा रहेकाे पीएच लेभललार्इ घटाउँछ । जसले पसिनामा रहेकाे ब्याक्टेरिया फैलनबाट राेकेर दुर्गन्घ बाट मुक्ति दिन सहयाेग गर्छ । यसका लागि कागती काटेर यासकाे अाधाभागलार्इ काखीमुनि दल्नुपर्छ । कागतीकाे रस निचाेरेर त्यसलार्इ नरम कपडामा राखेर पनि काखीमुनि रगड्न सकिन्छ ।
गुलाबजलः
पसिनाकाे दुर्गन्धलार्इ भगाउने सबैभन्दा सजिलाे तरिका हाे गुलाबजल । यसका लागि नुहाउने पानीमा केही थाेपा गुलाबजल मिसाउनुपर्छ । यसले शरीरमा लामाे समयसम्म पसिनामा दुर्गन्ध अाउन दिदैँन । यसले एक प्राकृतिक डियाेड्ेनडकाे कामसमेत गर्दछ ।
निमकाे पातः
नीमकाे पातले पनि शरीरमा दुर्गन्छ फैलन राेक्छ । दुर्गन्धकाे साथमा नीमकाे पातले शरीरमा फैलिएकाे ब्याक्टेरियालार्इ समेत मेटाउँछ । यसका लागि थाेरै निमकाे पातलार्इ पानीमा उमालेर पानीलार्इ छान्नुुपर्छ । त्यसपछि नुहाउने बेलामा अरू पानीा त्यसलार्इ मिसाएर नुहाँउनुपर्छ । याे पानीले नुहार्मा पसिनाकाे दुर्गनधबाट मुक्ति पाउन गाह्राे पर्दैन ।
बेकिङ साेडा ः
पसिनाकाे दुर्गन्ध हटाउन अर्काे घरेलु उपाय हाे बेकिंग साेडा । यसलार्इ काखीमुनस लगाँउदा सबै दुषित पदार्थलार्इ साेसेर सफाइ गर्छ । यसले बडी अर्डरकाे समस्याबाट मुक्ति दिन्छ । घरमा भएकाे बेकिङ साेडालार्इ सामान्य रूपमा प्रयाेग गर्ने बानी बसाल्नु भने दुर्गन्ध वरपर पर्दैन ।
पुदिना ः
पुदिनाकाे सहयाेगमा पनि पसिनाकाे दुर्गन्धलार्इ टाढा पठाउन सकिन्छ । पुदिनाकाे पातलार्इ उमालेर त्यसलार्इ छानेर नुहाउने पानीमा मिसाएर प्रयाेग गर्दा यसले पसिनामा रहेकाे ब्याक्टेरियालर्इ मेटाउँछ । यसले गर्दा शरीरमा फ्रेसनेस पनि अाउँछ ।
बेसन ः
बेसन पनि पसिनाकाे दुर्गन्धकाे शत्रु नै हाे । थाेरै बेसनलार्इ दही मिसाएर बनेकाे पेस्ट प्रयोग गर्दा पनि पसिनामा हुने दुर्गन्धबाट बच्न सकिन्छ । याे पेस्टलार्इ नुहाउनुभन्दा अघि शरीरमा लगाउनुपर्छ । १० मिनेट पछि त्यसलार्इ पखाल्नुपर्छ । यसले दुर्गन्धयुक्त पसिनालार्इ बाहिर निकाल्छ र दुर्गन्धबाट मुक्ति दिन्छ ।
महः
मह पनि चानचुने अाैषाधी हाेइन । यसले पनि पसिनाकाे दुर्गन्धलार्इ हटाउन र त्यसबाट बच्न सहयाेग गर्छ । नुहाउनासाथ हटाउन र त्यसबाट पानीाम एक चम्चाम मह मिलाएर काखीमुनि सफागर्नुपर्छ । यसबाट पनि पसिनाकाे दुर्गन्ध हट्छ ।