रोकिएका सात सय गाडी स्कर्टिङ गरेर पठाइयो



चितवन- विप्लव माअाेवादिले अाज अाह्नाव गरेकाे नेपाल बन्दका क्रममा चितवनमा राकिएका सात सयभन्दा बढी गाडीलार्इ स्कर्टिङ गरेर गन्तव्यतर्फ पठार्इएकाे छ ।  चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले रोकिएका गाडीलाई जिल्लाबाट विभिन्न क्षेत्रको गन्तव्यमा पठाइएको र अहिले जिल्लामा कुनै पनि गाडी नरहेको जानकारी दिनुभयो । सो क्रममा बिहान चितवनको खैरहनीमा दुई वटा बस र गणेशस्थान नजिकै एउटा बसमा बन्दकर्ताले तोडफोड गरेका छन् । मे१ख २२२२, ना५ख १८२९ र ना५ख ६३८८ नंको बसमा तोडफोड हुँदा गाडीका सिसा फुटेको उहाँले बताउनुभयो । सो क्रममा बन्द गर्ने र गाडीमा ढुङ्गाहान्ने छ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो । पक्राउ पर्नेमा हिजो साँझ मसाल जुलुस निकाल्ने तीन जना छन्, माडीबाट एक जना तथा भरतपुरबाट दुई जना रहेको प्रहरीले जनाएको छ । बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ भने सवारी साधन यथेष्ट रुपमा चल्न सकेका छैनन् । पसल तथा उद्योग कलकारखानामा आंशिक प्रभाव परेको छ । बन्दमा मोटरसाइकल र रिक्सा भने चलेका छन् । रासस

Share this

Related Posts

Previous
Next Post »