भाेटेकाेसी नदीमा लिपङ बजार बग्याे, दुर्इसय घर उच्च जाेखिममा

भाेटेकाेसी नदीमा लिपङ बजार बग्याे, दुर्इसय घर उच्च जाेखिममा



२२ असार, चाैतारा । चीनकाे सिमा नदी भएर बहने सिन्धुपाल्चाेककाे भाेटेकाेसी नदीमा गएराति अाएकाे बाढीले ताताेपानी गाविसकाे २० वटा पक्की घर बगाउनुकाे साथै जाेिखममा रहेका छन् ।

ताताेपानी गाविसकाे १० किलाेकाे लार्चादेखि  लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जाेखिममा रहेकाे सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी खुमलाल भुसालले बताए ।

नदी कटानले बाह्बिसे-ताताेपानी सडकखण्डमा पर्ने अरनिकाे राजमार्गकाे काेदारीमा ५० मिटर पक्कीसडक कटान गरिसकेकाे र कटान गर्ने क्रम क्रमशः बढ्दै गएकाे छ ।

ताताे पानीस्थित मानसरोवर बाेर्डिङ स्कुल बगाएकाे छ भने माथिल्लाे भाेटेकाेसी जलविद्युत अायाेजनाकाे १० किलाेस्थित बाँध ५० प्रितशत बगाइसकेकाे सीमा प्रहरी कार्यालयले जनाकारी  दिएकाे छ ।

पानी पर्ने क्रम नराेिकएकाे हुँदा नदी कटानले सडक तथा घरलार्इ अझ बढी क्षति पुर्याउन सक्ने प्रनि भुसालले बताए ।

बाह्रबिसे अासपासमा भने बिहानकाे तुलनामा अहिले नदीकाे अवस्थामा सामान्य रहेकाे इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।

बाढीले जुरे पहिराेकाे सडक कटानका साथै लेदाे माटाेले सडक अवरूद्ध पुर्याएपछि बाह्रबिसेदेखि ताताेपानीसम्मकाे यातायाल ठप्प भएकाे छ ।

त्यसैगरी तातोपानी भन्सारकाे क्यान्टिन र दुर्इवटा ट्रिपर बगाएकाे छ । जम्बाेस्थित अरनिकाे राजमार्गकाे ५० मिटर सडक कटान गरेकाे र ठाँउठाँउमा पहिराेले क्षति पुर्याएकाे प्रमुख जिल्ला अधिकारी गाेकर्णमणि दुवाडीले बताए ।

गएराति १० बजे एक्कासी नदीकाे वहाब बढ्न गएकाेले बाह्रबिसेमा रहेकाे कुखुरा फर्म तथा प्लाइ फर्म, ब्लक उद्याेग र जाली बुन्ने उद्याेग डुबानमा परेकाे छ ।

त्यस्तै बाह्रबिसेकाे माेटर ग्यारेजबाट टाटासुमाे एक र जिप एकसमेत बगाएका
 छ । हालसम्म मानवीय क्षति नभएकाे र भाेटेकाेसी नदीका पानीकाे सतह सामान्य अास्थाकाे भन्दा करिब डेढ मिटर जति बढिरहेकाे प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिए ।

हुम्लामा दुर्इ गाविसमा क्षति

यसबीच हुम्ला सदरमुकामदेखि दक्षिणी भेगमा पर्ने कालिका र मैला गाविसमा एक्कासी परेकाे अविरल वर्षापछि अाएकाे बाढीले चाैपाया एवम् घरजग्गामा क्षति पुगेकाे छ ।


कालिका गाविसकाे लमही काँखे लाैठी गाँउमा असार १२ गते दखि निरन्तर वर्षा भएपछि वडा नं ७ देखि ८ सम्म ३५ घरपरिवार प्रभावित भएकाे हाे ।

उक्त गाविसका किसानकाे धान काेदाे, चिनु मकै बगाएकाे छ भने यँहाकाे ५० राेपनी बराबर जग्गामा पनि क्षति पुर्याएकाे छ । वर्षाले सिँचाइ तथा खानेपानीका ट्याङ्कीमा समेत क्षति पुर्याएकाे छ ।

यहाँकाे खाेलाका सात वटा काठे पुल बगाएकाेले एक गाँउबाट अर्काे गाँउबीचकाे अावतजावत बन्द भएकाै छ ।

त्यसैगरी मैला गाविसमा पनि बाढिले ठूलाे क्षति गरेकाे छ । यहाँकाे लाैठी गाँउमा पाँच वटा गार्इ भैँसीसहित गाेठ र घरमा क्षति भएकाे छ । उक्त गाविसमा लमहीमा चार वटा घर पनि क्षति भएकाे छ ।

बाढीले क्षति पुर्याएपछि प्रहरीसँगकाे सहकार्यमा पीडित किसानले क्षतिपूर्तिकाे दावि गरेका किसान हेमबहादुर शाही  चन्द्रबहादुर शाहीले जानकारी दिए ।


Share this

Related Posts

Previous
Next Post »