३२ जेठ २०७३, मंगलवार
दशमी , रक्तदाता दिवस
Jun 14, 2016
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट सोचेको फाइदा उठ्न सक्छ । नयाँ काम गर्ने अवसर मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सहि समयमा सहि निर्णय लिन सक्ने क्षमताले काममा फाइदा मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिनाकारण विवाद बढ्ने योग रहेको छ । प्रयासहरु सकारात्मक रहनेछन । आयआर्जनका श्रोतहरु फेला पर्नेछन । मन खुसि रहनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाई लेखाइमा मन लाग्नेछैन । रोग र शत्रुबात छुटकारा मिल्नेछ । सन्तान प्राप्तिको योग रहेको छ । रमाइलो यात्राको योग रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका अधुरा काम बन्नाले मनग्य लाभ हुनेछ । ब्यापार ब्यबसायबाट राम्रो आम्दानी हुनेछ । अचानक स्वास्थ्य बिग्रनाले मन खिन्न रहनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ । सहयोगीहरूले काममा साथ दिनेछन । रमाइलो यात्राको योग रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोचेको आटेको काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । बिश्वास गरेकाले धोका दिन सक्छन ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बिश्वास गरेकाले साथ दिनेछन । स्वास्थ्यमा सुधार आउनेछ । घरायसी काममा झमेला आउनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन । काम गर्ने हौसला र उत्साह बढ्नेछ । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनग्य धन आर्जन गर्ने मौका छ । काममा विभिन्न अवसर प्राप्त हुनेछन । साझेदारी काममा विवाद बढ्ने देखिन्छ ।