अाजकाे राशिफल २७ जेठ २०७३, बिहिवार

२७ जेठ २०७३, बिहिवार 
पञ्चमी ,
Jun 09, 2016





मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जटिल काम सफल हुनाले काम गर्ने हौसला र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । लेनदेनमा भने विवाद बढ्नेछ ।




बृष

 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बौद्धिक काममा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।





मिथुन 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजमा बोलीको प्रभाव बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । अचानक स्वास्थ्य बिग्रनाले सोचे भन्दा धेरै खर्च हुनेछ ।





कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन । मनग्य धन आर्जन हुनेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।




सिंह 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिग्रिएको सम्बन्ध सुधार्ने मौका मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।





कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । नयाँ काम प्राप्तिको योग रहेको छ । बिनाकारण विवाद बढ्नेछ ।




तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।





बृश्चिक 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययनमा प्रगति हुनेछ भने सोचेको काम सफल हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । धार्मिक काममा रुची बढ्नेछ ।



धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । घरायसी काममा झमेला बढ्नेछ ।





मकर 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । स्व्सथ्यमा समस्या आउनेछ ।




कुम्भ 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक क्षेत्रबाट भने लाभ उठाउन सकिनेछ । सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।





मीन

 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पढाइ लेखाईमा प्रगति हुनेछ । कृषि काममा लाभ मिल्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । बिनाकारण विवाद बढ्नेछ ।

Share this

Related Posts

Previous
Next Post »