अब एसएलसी कक्षा १२ मै सिमित हुने!!! यसै वर्षदेखि कार्यान्वयन










काठमाडाैं, जेठ २३ । झण्डै दश वर्षपछि शिक्षा ऐन संशोधनको विधेयक संसदबाट पारित भएको छ । धेरै पटकको प्रयासपछि विधेयक संसदबाट पारित भएको हो । विधेयक पारित भएसँगै कक्षा एकदेखि आठसम्म आधारभुत र नौदेखि १२ सम्मलाई माध्यमिक तह बनाइएको छ । विद्यालय संरचनाले कानुनी मान्यता पाएसँगै अब राष्ट्रिय परीक्षा बोर्ड गठन हुने र त्यसले विद्यालय तहको अन्तिम परीक्षा (एसएलसी) कक्षा १२ पछिमात्र लिने छ । अहिलेसम्म कक्षा १० पढेपछि एसएलसी परी लिने गरिएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले ऐनमा लालमोहर लागेपछि ऐन कार्यान्वयनको प्रक्रिया जाने बताए । शिक्षा विधेयक पारित भएपछि अब उच्च माध्यमिक शिक्षा परिषद रहने छैन । माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न एक राष्ट्रिय परीक्षा बोर्ड रहनेछ । उच्च माध्यमिक शिक्षा ऐन, २०४६ बमोजिमको उच्च माध्यमिक शिक्षा परिषद्बाट भए गरेका काम कारबाही बोर्डबाट भए गरेको मानिने संशोधनमा उल्लेख भएकाे अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Share this

Related Posts

Previous
Next Post »